Sunday, December 22, 2019
श्री शारदा माध्यमिक विद्यालय
इनरुवा–५, बलाहा, सुनसरी
सुचना ! सुचना ! ! सुचना ! ! !
अत्याधिक चिसोको कारणले मिति २०७६/०९/०७ र ८ गते २ दिन विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा जानकारी गराइन्छ । दोस्रो त्रैमासिक (परीक्षा कक्षा १ देखि १०) परीक्षाको परीक्षा फल प्रकाशन तथा कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षा सञ्चालको लागि आवश्यक सम्पूर्ण कामका लागि भने लेखा शाखा र परीक्षा शाखाका सम्पूर्ण कामका लागि भने उक्त २ दिन विद्यालय वन्द नरहने व्यहोरा सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारी वर्गमा जानकारी गराइन्छ ।
(तीर्थराज भट्टराई)
प्रधानाध्यापक
Monday, December 16, 2019
श्री शारदा माध्यमिक विद्यालय
इनरुवा–५, बलाहा, सुनसरी
सुचना ! सुचना ! ! सुचना ! ! !बिषय :- जग्गा ठेक्का सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा यस विद्यालयको नाममा दर्ता रहेको साविक चाँदवेला ७ क.कि.नं. ३१३ को जम्मा जग्गा ४–०–० (चार विगाहा) जग्गा ठेक्का लगाउने भन्ने मिति २०७६-०८-२२ गतेको विद्यालय व्यवस्थापन समिति को बैठक निर्णयानुसार सो जग्गा ठेक्काका लागि इच्छुक संख्या, फर्म वा व्यक्तिहरुलाई सूचना प्रकाशित भएका मितिले १५ दिन भित्र गोप्य खामवन्दी गरी प्रतिवर्ष ठेक्का दिने रकम समेत अङ्क र अक्षरमा वुझिने गरी विद्यालय समयभित्र रु.१०००/– (एक हजार) निवेदन दस्तुर सहित आवेदन पेस गर्न यो सूचना प्रकाशित गरिएको छ । निवेदनका साथमा नागरिकताको प्रतिलिपि, पान नं. तथा सङ्घ संस्था वा फर्मको हकमा अनुमति पत्र तथा नवीकरण पत्र संलग्न हुनुपर्ने छ ।
Subscribe to:
Posts (Atom)